Section 7C
वास्तविक धनीको पहिचान गर्नु पर्ने
(१) सूचक संस्थाले व्यावसायिक सम्बन्ध स्थापना गर्दा वा कारोबार गर्दा वास्तविक धनीको पहिचान तथा सम्पुष्टि गर्नको लागि आवश्यक मनासिव उपायहरु अपनाउनु पर्नेछ । (२) सूचक संस्थाले कुनै व्यक्तिले अन्य कुनै व्यक्तिको तर्फबाट व्यावसायिक सम्बन्ध स्थापना वा कारोबार सम्बन्धी काम कारबाही गरे वा नगरेको सम्बन्धमा यकिन गर्नु पर्नेछ । (३) उपदफा (२) बमोजिम यकिन गर्दा कुनै व्यक्तिले अर्को व्यक्तिको तर्फबाट व्यावसायिक सम्बन्ध स्थापना वा कारोबार गरेको देखिएमा सूचक संस्थाले त्यस्तो व्यक्तिको पहिचान तथा सोको सम्पुष्टि सम्बन्धमा दफा ७क. को उपदफा (४) को खण्ड (घ) बमोजिम उपाय अपनाउनु पर्नेछ ।